|  

टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेल आजबाट सुरु, नेपाल र सिंगापुर भिड्दै

१३ कार्तिक २०८०, सोमबार ०७:२२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेल आज सोमबारबाट काठमाडौंमा सुरु हुँदैछ । उद्घाटन खेलमा घरेलु टोली नेपाल र सिंगापुरबीच प्रतिस्पर्धा हुँदैछ । त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।

प्रतियोगितामा ८ राष्ट्र सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ नेपाल, सिंगापुर, ओमान र मलेसिया रहेको छ भने समूह ‘बी’ मा युएई, बहराइन, हङकङ र कुवेत रहेको छ । समूह ‘ए’को सबै खेल त्रिवि क्रिकेटमा हुनेछ भने समूह ‘बी’ को खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ ।

घरेलु टोली नेपालले आफ्नो दोस्रो खेल कार्तिक १४ गते मलेसियासँग र तेस्रो खेल कार्तिक १६ गते ओमानसँग खेल्ने छ ।

समूह ‘ए’ र समूह ‘बी’बाट शीर्ष दुई दुई टोली सेमिफाइनल पुग्नेछन् । फाइनल पुग्ने दुई टोलीले सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् ।

१३ कार्तिक २०८०, सोमबार ०७:२२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस