|  

राष्ट्रसंघका महासचिव गुटेरेसले आज संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै

१४ कार्तिक २०८०, मंगलवार ०६:५० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक आज बस्दै छ । संघीय संसद्को संयुक्त बैठकलाई संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्नेछन् ।

नेपाल भ्रमणमा रहेका गुटेरेसले आज अपराह्न ४ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यसूची छ । बैठक प्रारम्भ भएसँगै गुटेरेसले सम्बोधन गर्ने कार्यसूची छ । उनको सम्बोधनलगत्तै सोही बैठकले महासचिव गुटेरेसलाई धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्नेछ ।

महासचिव गुटेरेसको सम्बोधनको संघीय संसद् सचिवालयले नियमित बैठकहरूको जस्तै अभिलेख राख्नेछ । बैठकको तयारी अन्तिम चरणमा पुगिसकेको संसद् सचिवालयले जनाएको छ । बिहान १० बजेसम्म साजसज्जालगायत सबै तयारी सकिने सचिवालयले बताएको छ ।

१४ कार्तिक २०८०, मंगलवार ०६:५०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस