|  

तामझामका साथ सुरु गरिएको रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा बन्द !

१४ कार्तिक २०८०, मंगलवार ०८:२९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । काठमाडौं उपत्यकामा पहिलो पटक सञ्चालनमा आएको द्रुत बस सेवा बन्द भएको छ । गत असोज ३ गते संविधान दिवसको अवसर पारेर सुरु गरिएको रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा दसैँदेखि नै बन्द भएको हो ।

दसैँदेखि तिहारसम्म राजधानीका सडकमा जाम नहुने र यही बेला प्राविधिक र व्यवस्थापकीय समस्या सुल्झाउन द्रुत बस सेवा रोकिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बताए ।

उनले तिहारको बिदा सकिएकै दिनदेखि पूर्ण क्षमतामा द्रुत बस सञ्चालन हुने दाबी गरे । द्रुत बस सेवा रोकिएको नभएर अहिले २५ वटा मात्र सञ्चालनमा रहेकामा त्यो संख्या बढाएर लैजाने गरी तयारी थालिएको मन्त्री ज्वालाको भनाइ छ ।

कार्यालय समयलाई ध्यानमा राख्दै द्रुत बस सेवा सञ्चालनमा ल्याइएको थियो । दैनिक बिहान ९ बजेदेखि ११ बजे र साँझ ४ बजेदेखि ६ बजेसम्म द्रुत बस सेवा सञ्चालन हुँदै आएको थियो ।

१४ कार्तिक २०८०, मंगलवार ०८:२९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस