|  

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेल भन्छन्-‘साङ्कोष तिप्लिङ सडक खण्डको नाम दामन पाख्रिन नै रहन्छ’

१४ कार्तिक २०८०, मंगलवार १७:५१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले साङ्कोष तिप्लिङ सडक खण्डको नाम दामन पाख्रिन रहने बताएका छन् । खनियाबास गाउँपालिका झार्लाङ स्थित झार्लाङ सू–समाचारीय प्रारम्भको ४५ औँ बार्षिक उत्सव तथा पुस्तक बिमोचन कार्यक्रममा उपस्थित हुनुभएका उहाँले १७ सालका क्रान्तिका योद्धा दामन पाख्रिनको सम्मानमा गरिएको उक्त सडकको नाम परिवर्तन नहुने बताउनुभयो ।

धादिङको तत्कालिन सत्यदेवी गाविस घर भएका पाख्रिन २०४७ सालमा धादिङ क्षेत्र नम्बर १ वाट प्रतिनिधि सभामा विजयी समेत हुनु भएको थियो । नेपाली काँग्रेस धादिङका सभापती समेत रहनु भएका पाख्रिनको योगदानहरुलाई सम्झना गर्दै सडकको नाम दामन पाख्रिन मार्ग राखिएको थियो ।

photo : Dhadingsanchar 

१४ कार्तिक २०८०, मंगलवार १७:५१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस