यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
धादिङ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले धादिङबेसी तिप्लिङ सडक प्रदेश सरकारले कालो पत्रे गर्ने बताएका छन् ।
ख्रीष्टियन कार्यक्रम उद्घाटन तथा झार्लाङको इसाई इतिहास समेटिएको पुस्तक विमोचन गर्न खनियाबास गाउँपालिका १ झार्लाङ जोङ खेल मैदान पुगेका मुख्यमन्त्री यस्तो बताएका हुन् । उहाँले जनताको काम गर्न आफुहरु राजनीतिमा लागेको भन्दै जनताका आधारभुत समस्यामा तिनै तहको सरकार मिलेर गर्नु पर्ने धारणा समेत ब्यक्त गर्नुभयो ।