|  

आईसीसी विश्वकप क्रिकेट : आज दक्षिण अफ्रिका र न्यूजिल्याण्ड खेल्ने

१५ कार्तिक २०८०, बुधबार ०८:१३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिका र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल भारतको महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियम पुणेमा दिउँसो सवा २ बजे सुरु हुनेछ ।

आजको खेलमा दुवै टोली सेमिफाइनलको यात्रा सुनिश्चित गर्ने उद्देश्यका साथ मैदानमा उत्रँदै छन् । आज पराजित हुने टोलीले सेमिफाइनलमा प्रवेश गर्नका लागि अर्को खेल कुर्नुपर्ने हुन्छ ।

जारी विश्वकपमा ६ मध्ये ५ खेल जितेको दक्षिण अफ्रिका दोस्रो स्थानमा छ भने ४ खेल जितेको न्युजिल्याण्ड तेस्रो स्थानमा छ । दक्षिण अफ्रिका र न्युजिल्याण्डबीच एकदिवसीय विश्वकपमा अहिलेसम्म ८ खेल भएका छन् । जसमा न्युजिल्यान्ड ६ र दक्षिण अफ्रिका दुई खेलमा विजयी भएका थिए ।

 

१५ कार्तिक २०८०, बुधबार ०८:१३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस