|  

टी–२० विश्वकप एसिया क्षेत्र छनोट : नेपाल र ओमान भिड्दै

१६ कार्तिक २०८०, बिहीबार ०६:३० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । काठमाडौंमा जारी आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेल अन्तर्गत समूह ‘ए’को अन्तिम खेलमा आज बिहीबार नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ ।

त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजेदेखि सुरु हुनेछ । जारी प्रतियोगितामा नेपालले सिंगापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएको थियो । ओमानले भने मलेसियालाई ३२ र सिंगापुरलाई २२ रनले हराएको थियो ।

समूह ‘ए’बाट नेपाल र ओमान दुबै टोली सेमिफाइनलमा पुगिसकेका छन् । आज हुने खेलले समूह ‘ए’को विजेता र उपविजेताको टुंगो लाग्ने छ ।
जारी प्रतियोगितामा फाइनल पुग्ने दुई टोलीले सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकप खेल्न पाउने छ ।

१६ कार्तिक २०८०, बिहीबार ०६:३०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस