|  

आइसीसी विश्वकप छनोट : ओमनसँग नेपाल पराजित

१६ कार्तिक २०८०, बिहीबार १२:३८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । आइसीसी विश्वकप छनोटअन्तर्गत आजको खेलमा ओमनसँग नेपाल ५ रनले पराजित भएको छ । ओमनले दिएको १४६ रनको लक्ष्य पच्छ्याएको नेपालले निर्धारित २० ओभरमा अलआउट हुँदै १४० रन मात्र बनाउन सक्यो ।

त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४५ रन बनाएको थियो ।

ओमनका लागि कप्तान जीसन मकसूदले सर्वाधिक ३२ रन बनाए । नसीम खुसीले २५, प्रतीक अथावलेले २४, शकील अहमदले २२, आयन खानले १८ रन बनाए ।

नेपालको लागि करण केसीले सर्वाधिक ३ विकेट लिए । सन्दीप लामिछाने र सोमपाल कामीले २–२ विकेट लिए । अविनाश बोहरा र गुलशन झाले १–१ विकेट लिए ।

जवाफी ब्याटिङमा नेपालले १४० रन मात्र बनाउन सक्यो । नेपालका लागि विवेक यादवले ३९ रन बनाए । कुशल भुर्तेलले २६, करण केसीले १५, सोमपाल कामी, रोहित पौडेल र सन्दिप जोराले समान १२, कुशल मल्लले १० रन बनाए ।

ओमनका लागि बिलाल खानले ३ विकेट लिए । शकील अहमद, मेहरन खान र अकिब इल्यासले समान २–२ विकेट लिए । जीसन मकसूदले १ विकेट लिए ।

१६ कार्तिक २०८०, बिहीबार १२:३८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस