यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । रिगल भनेर चिनिने हत्यारा योगराज ढकाललाई राष्ट्रपतिले दिएको आममाफी सर्वोच्च अदालतले बदर गरिदिएको छ ।
सर्वोच्च अदालतको पूर्ण इजलासले राष्ट्रपतिले दिएको आममाफी गैरकानुनी ठहर गर्दै रिगललाई तत्काल पक्राउ गर्न आदेश दिएको छ ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासले रिगलको कैद मिनाहा गर्ने निर्णयलाई बदर गर्ने परमादेश दिएको हो।