|  

विश्वकप छनोट : नेपालले टस हारेर बलिङ गर्दै

१७ कार्तिक २०८०, शुक्रबार १२:०६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटअन्तर्गत संयुक्त अरब इमिरेट्स युएई विरुद्धको खेलमा नेपालले टस हारेर बलिङ गर्ने भएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा आज भएको सेमिफाइनल खेलमा युएईले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो ।

नेपालले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ । सन्दीप जोराको स्थानमा दीपेन्द्रसिंह ऐरी खेल्नेछन् । यो खेलको विजेता टोलीले आगामी वर्ष सन् २०२४ मा हुने आइसिसी टी-२० विश्वकप खेल्न पाउनेछ ।

नेपाल आजको खेलमा युएईलाई हराउँदै नौ वर्षपछि विश्वकपमा दोस्रो पटक स्थान बनाउने लक्ष्यका साथ मैदानमा उत्रदैछ । नेपालले यसअघि बंगलादेशमा सन् २०१४ मा भएको टि-२० विश्वकप खेलेको थियो। त्यसयता नेपाल छनोट हुन सकेको छैन ।

प्रतियोगितामा नेपाल समूह ए को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने युएई समूह बी को विजेता हो । नेपालले यसअघि भएको समूह चरण खेलमा सिंगापुरलाई आठ विकेटले हराएको थियो भने मलेसियालाई छ विकेटले पराजित गरेको थियो ।

 

१७ कार्तिक २०८०, शुक्रबार १२:०६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस