यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । सरकारले विभिन्न प्रतियोगितामा खेलाडीलाई वाचा गरेको पुरस्कार रकम एकमुष्टमा निकासा गरेको छ ।
सरकारले तीन प्रतियोगिताको पूर्व घोषित १ करोड ५७ लाख ५० हजार नगद पुरस्कार निकासा गरेको हो ।
गत वैशाख ५ देखि १८ गतेसम्म भएको एसीसी पुरुष प्रिमियर कपका लागि ७९ लाख, २०७९ साल फागुन १२ देखि १८ गतेसम्म भएको आईसीसी यु–१९ पुरुष सीडब्लुसी– एसिया क्लालिफायरका लागि ४६ लाख र आईसीसी सीडब्लुसी लिग– २ का लागि ३२ लाख ५० हजार नगद पुरस्कार निकासा भएको हो।
नेपाल ट्वान्टी–२० विश्वकप छनोट भएकै दिन सरकारले पुरस्कार रकम निकासा गरेको हो ।