|  

जाजरकोटमा चार घण्टाको अवधिमा ४ म्याग्निच्युडभन्दा माथिका तीनवटा परकम्पन

१८ कार्तिक २०८०, शनिबार ०५:४१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भएर गएको ६ दशमलब ४ म्याग्निच्युडको भूकम्पपछि चार घण्टाको अवधिमा थप ४ म्याग्निच्युडभन्दा माथिका तीनवटा परकम्प गइसकेका छन् ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अरु साना दर्जनौं परकम्पहरू गएका छन् ।

राति ११ बजेर ४७ मिनेटमा सबै भन्दा ठूलो मापन गरिएको ६ दशमलब ४ म्याग्निच्युडको भूकम्प जमिनको सतहबाट करिब १२ किलोमिटर मुनि केन्द्र रहेको बताइएको छ ।

१८ कार्तिक २०८०, शनिबार ०५:४१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस