|  

जाजरकोट भूकम्प अपडेट : ३६ जनाको मृत्यु, १०० बढी घाइते

१८ कार्तिक २०८०, शनिबार ०५:५६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


जाजरकोट । भूकम्प पछि घर भत्केर जाजरकोटमा ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ । जाजरकोटका डीएसपी सन्तोष रोकायले भूकम्पमा परी ३६ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

भूकम्पमा परी जाजरकोटको नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको मृत्यु भएको छ । झन्डै १०० जना घाइते भएको र उनीहरूको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ। घाइतेमध्ये ७ जनालाई उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको छ ।

भूकम्पछि ठाउँ(ठाउँमा पहिरो गएको जाजरकोट प्रहरीले जनाएको छ । पहिरो जाँदा जाजरकोट डोल्पा सडकको रिम्ना सडकखण्ड अवरुद्ध भएको छ ।

१८ कार्तिक २०८०, शनिबार ०५:५६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस