|  

भूकम्पका कारण ठाउँठाउँमा सडक अवरुद्ध,उद्धारमा कठिनाइ

१८ कार्तिक २०८०, शनिबार ०९:४४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पका कारण ठाउँठाउँमा सडक अवरुद्ध हुँदा जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितको उद्धारमा कठिनाइ भएको छ ।
कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालले दिनुभएको जानकारी अनुसार केही ठाउँमा पहिरो गएकाले सडक अवरुद्ध भएका छन् ।
जाजरकोट–डोल्पा सडकअन्तर्गत रिम्नाको पुल भासिएको छ । पुल भासिएर सडक अवरुद्ध भएपछि घाइतेलाई अस्पताल पुर्याउन कठिनाइ भएको छ ।
अवरुद्ध सडक खुलाएर उद्धारको काम भइरहेको डीआईजी ढकालले जानकारी दिनुभयो । उद्धारमा सहयोगको लागि उहाँले स्थानीय जनप्रतिनिधि र सङ्घसंस्थासँग अनुरोध गर्नुभएको छ ।

१८ कार्तिक २०८०, शनिबार ०९:४४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस