|  

जाजरकोट भूकम्पमा एकद्वार प्रणालीबाट राहत वितरण

१८ कार्तिक २०८०, शनिबार १३:५१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । सरकारले जाजरकोट भूकम्पमा एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने निर्णय गरेको छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा बसेको बैठकले खोजी, उद्धार र राहत वितरणलाई प्राथमिकता दिने गरेको हो । उपप्रधानमन्त्री श्रेष्ठका अनुसार अहिलेसम्म १३६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने १६१ जना घाइते भएका छन् । घाइते हुनेमा दैलेख, जुम्ला र रोल्पामा ७ जना छन् ।

उनका अनुसार बैठकले सुर्खेतलाई मुख्य र नेपालगञ्जलाई सहायक बेस मानेर उद्दार कार्य गरिने छ ।

प्रभावित क्षेत्रमा चिकित्सिक, स्वास्थ्य सामग्री र औषधि पठाइएको छ भने थप आवश्यक परे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

प्रभावित क्षेत्रमा त्रिपाल, कम्मल र खानेकुराको व्यवस्था गर्ने, आवश्यक परे थप पठाउने उपप्रधानमन्त्री श्रेष्ठले बताए । छिमेकी तथा अरु देशले पनि आवश्यक सहयोग गर्ने वचन दिएको भन्दै उनले आवश्यक परे सरकारले आग्रह गर्ने बताए ।

१८ कार्तिक २०८०, शनिबार १३:५१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस