यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम क्षेत्रका नागरिकका लागि निःशुल्क बससेवा सञ्चालन गरेको छ ।
काठमाण्डौमा बसोबास गर्दै आएका भूकम्पबाट प्रभावित क्षेत्रका नागरिकलाई आफ्नो घर जानका लागि सहजता होस् भन्ने उद्देश्यले यस कम्पनीले निःशुल्क बससेवा सञ्चालन गरेको हो ।
कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्को बेलामा काठमाण्डौबाट जाजरकोट र रुकुम पश्चिमका नागरिकलाई सहज सेवा प्रदान गर्नका लागि निःशुल्क बसको व्यवस्था गरेको बताउनुभयो ।