|  

नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य

१९ कार्तिक २०८०, आईतवार १२:५७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । टी–२० विश्वकप छनोट खेलको फाइनलमा ओमानलाई नेपालले १८५ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको छ । नेपालका लागि गुल्सन झाले सर्वाधिक ५४,कप्तान रोहितकुमार पौडेलले नटआउट ५२,कुशल भुर्तेलले ३१,करण केसीले २०,सन्दीप जोराले १०,आशिफ शेखले ६,कुशल मल्लले ३ र विवेक यादवले १ रन बनाए ।

यसअघि समूह चरणको खेलमा नेपाल ओमानसँग पराजित भएको थियो । फाइनल खेलमा नेपाललाई ओमानसँग बदला लिने अवसर छ ।

 

१९ कार्तिक २०८०, आईतवार १२:५७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस