यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । नेपाली कांग्रेसले शुक्रबार पश्चिम नेपालमा गएको भूकम्प र सभाहलको प्राविधिक कारणले पार्टीको महासमिति बैठकको निर्धारित मिति दुई साता पछाडि सारेको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले महासमिति बैठक आगामी मंसिर २९ देखि पुस २ गतेसम्म गर्ने नयाँ मिति तय गरेको पार्टीको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । यसअघि आगामी मंसिर १३ देखि १५ गतेसम्म महासमिति बैठक गर्ने तय भए पनि उक्त मितिमा तयारी पूर्ण नहुने नदेखिएपछि कांग्रेसले नयाँ मिति तोकेको हो ।