यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले आफ्नो संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमण फलदायी भएको बताएका छन् ।
अमेरिका भ्रमण पूरा गरी आइतबार साँझ स्वदेश फर्केपछि अन्तर्राष्ट्रिय विमानस्थल सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री साउदले आफ्नो भ्रमण नेपाल–अमेरिका सम्बन्धलाई थप उचाइमा पुर्याउन सफल भएको बताए ।
“यो भ्रमणबाट नेपाल र अमेरिकाबीचको आपसी मैत्री, समझदारी र सहयोगमा अभिवृद्धि भई द्विपक्षीय सम्वन्ध अझ सुदृढ भएको छ । अमेरिकी समकक्षी एन्टोनी ब्लिङ्केनसँगको भेटवार्तामा दुवै पक्षबीच सहकार्यलाई घनीभूत बनाउने प्रतिबद्धता व्यक्त भएको छ,” मन्त्री साउदले भने ।