|  

मनास्लु क्षेत्र विदेशी पर्यटकको रोजाइमा,एक वर्षमा २ करोड २७ लाख ९७ हजार रुपैयाँ राजस्व सङ्कलन

२० कार्तिक २०८०, सोमबार १२:४५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । पछिल्लो समय नेपाल घुम्न आउने विदेशी पर्यटकहरुको लागि मनास्लु क्षेत्र रोजाइमा पर्ने गरेको छ । चुमनुब्री गाउँपालिकामा पर्ने मनास्लु क्षेत्रमा प्राकृतिक सुन्दरता मात्र नभएर सांस्कृतिक सम्पदाले भरिपूर्ण रहेको पर्यटकीय क्षेत्र हो । गोरखा सदरमुकामबाट बूढीगण्डकी नदीको तिरैतिर भइ पाँच हजार एक सय पाँच मिटर उचाइको लार्के भञ्ज्याङ नाघेर लामो पदयात्रापछि यस क्षेत्रमा पुग्न सकिन्छ ।
मनास्लु क्षेत्रमा भ्रमणका लागि पुगेका विदेशी पर्यटकबाट करिब दुई करोड २८ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७९र८० मा मात्र मनास्लु क्षेत्र संरक्षण आयोजना कार्यालय एमक्याप ले मनास्लु क्षेत्र घुम्न गएका पर्यटकबाट एक वर्षमा दुई करोड २७ लाख ९७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।
मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालयले मनास्लु घुम्न जाने सार्क राष्ट्रका पर्यटक र अन्य विदेशी पर्यटकबाट प्रवेश शुल्क लिने गर्दै आएको छ । कार्यालयले सार्क राष्ट्रका पर्यटकबाट प्रतिव्यक्ति एक हजार शुल्क उठाउने गरेको छ । कार्यालयका प्रमुख सन्तोष शेरचनले भन्नुभयो,त्यसबाहेक अन्य विदेशी पर्यटकबाट प्रतिव्यक्ति तीन हजार रुपैयाँ लिने गरिएको छ ।

२० कार्तिक २०८०, सोमबार १२:४५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस