|  

जाजरकोटमा फेरि भुकम्पको धक्का

२० कार्तिक २०८०, सोमबार १७:२० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । जाजरकोटमा फेरि भूकम्प गएको छ । आज सोमवार दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पपछि मानिसहरू घरबाहिर निस्किएका छन् । बजारमा मानिसहरू चौतारामा जम्मा भएका छन् । गएको शुक्रवार राति जाजरकोटमै केन्द्रविन्दु भएर गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरेर १ सय ५३ जनाको ज्यान गएको छ ।

२० कार्तिक २०८०, सोमबार १७:२०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस