यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । कट्टरपन्थी इस्लामिक समूह ९हमास० ले इजरायलमा आक्रमण गरेपछि इजरायलले थालेको कारबाहीमा मृत्यु हुनेको संख्या १० हजार नाघेको छ ।
गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयका प्रवक्ता असरफ अल–किद्रेहले पत्रकार सम्मेलन गरी १० हजार २२ जनाको मृत्यु भएको घोषणा गरेका हुन् । इजरायली सेनाले गरेको भीषण बमबारीमा आइतबार र सोमबारमा कम्तीमा २९२ जना प्यालेस्टिनीको मृत्यु भएको उनले जानकारी दिए ।
मन्त्रालयका अनुसार गाजामा मारिनेमा चार हजारभन्दा बढी बालबालिकासहित अधिकांश सर्वसाधारण हुन् । यता अक्टोबर ७ मा हमासले गरेको आक्रमणका कारण दक्षिणी इजरायलमा एक हजार ४०० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।