|  

नेपाल–भारत सीमा सुरक्षा ‘समन्वय बैठक’ दिल्लीमा

२१ कार्तिक २०८०, मंगलवार ०८:२८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । भारतको नयाँ दिल्लीमा नेपाल–भारत ‘सीमा सुरक्षा समन्वय बैठक’ सुरु भएको छ । बैठक सीमा वारपार अपराध नियन्त्रणमा देखिएका चुनौतीहरू विषयमा केन्द्रित छ । बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरीका आईजीपी राजु अर्यालले नेतृत्व गरेका छन् । भारतको तर्फबाट एसएसबीका महानिर्देशक रश्मि शुक्लाले नेतृत्व गरेकी छन् ।

भारतको सशस्त्र सीमा बल ९एसएसबी०ले आयोजना गरेको बैठकमा नेपालको तर्फबाट आईजीपी राजु अर्याल, सशस्त्रका एआईजी नारायणदत्त पौडेल, सशस्त्र प्रहरीका डीआईजी शम्भु सुवेदी, नेपाल प्रहरीका डीआईजी विकाश राज खनाल, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक किरण बस्नेत, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीम बहादुर बुढाथोकी, गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारी, भारतस्थित नेपाली राजदूतावासका परराष्ट्र मन्त्रालयका प्रतिनिधि र सशस्त्र प्रहरीका निरीक्षक सुरज पौडेल सहभागी छन् । सोमबार सुरु भएको बैठक कार्तिक २२ सम्म चल्नेछ ।

२१ कार्तिक २०८०, मंगलवार ०८:२८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस