|  

लागुऔषधसहित छजना पक्राउ

२१ कार्तिक २०८०, मंगलवार १२:३३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । अवैध लागुऔषध खैरो हेरोइन २ सय ४४ ग्राम,नाइट्रोभेट १ सय १२ ट्याब्लेट र ट्रामाडोल १७ हजार ४ सय १५ क्याप्सुलसहित ६ जनालाई लागुऔषध नियन्त्रण व्युरो कोटेश्वरको प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका ४ बस्ने ३२ वर्षीया सपना रायमाझी,ओखलढुङ्गा खिजीदेम्बा गाउँपालिका ३ बस्ने ३८ वर्षीय गंगालाल विक, काठमाडौं गोकर्णेश्‍वर नगरपालिका ४ बस्ने ५० वर्षीय दिपक श्रेष्‍ठ,सोही ठाउँ बस्ने ३० वर्षीय दिपेश डंगोल महर्जन,सिरहा धनगढीमाई नगरपालिका १४ बस्ने ३७ वर्षीय झरेन्द्र बहादुर ज्यु ठकुरी र धादिङ त्रिपुरासुन्दरी गाउँपालिका २ बस्ने २७ वर्षीय सन्दिप ईटानी रहेका छन् ।

उनीहरूमध्ये सपना रायमाझी र गंगालाल विकलाई लागुऔषध खैरो हेरोइन ८१ ग्राम ५ सय मिलिग्रामसहित काठमाडौं गोकर्णेश्‍वर नगरपालिका ६ नयाँ बस्तीबाट कात्तिक १५ गते,दिपक श्रेष्‍ठ र दिपेश डंगोल महर्जनलाई १ ग्राम ८ सय मिलिग्राम,ट्रामाडोल १७ हजार ४ सय १५ क्याप्सुल र नाइट्रोभेट १ सय १२ ट्याब्लेटसहित काठमाडौं चावहिलबाट कात्तिक १६ गते तथा झरेन्दर बहादुर ठकुरी र सन्दिप ईटानीलाई खैरो हेरोइन १ सय ६० ग्राम ६ सय मिलिग्रामसहित काठमाडौं तार्केश्‍वर नगरपालिका ४ बाट कात्तिक १७ गते प्रहरीले पक्राउ गरेको हो ।

२१ कार्तिक २०८०, मंगलवार १२:३३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस