|  

२२ खेलाडीलाई महिला टी २० श्रृंखलाका लागि बन्द प्रशिक्षणमा बोलाइयो

२१ कार्तिक २०८०, मंगलवार १२:४३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । हङकङमा आयोजना हुने टी २० श्रृंखलाका लागि नेपाल क्रिकेट संघ क्यानले २२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

हङकङले नोभेम्बर १५ देखि आयोजना गर्ने उक्त श्रृंखालामा नेपालसहित युएई, हङकङ र मलेसियाले सहभागीता जनाउँनेछन् ।

नेपालले आज बन्द प्रशिक्षणमा बोलाएको खेलाडीहरुमा रुबिना क्षेत्री,सीता रानामगर,इन्दु बर्मा,संगिता राई,विन्दु रावल,ज्योती पाण्डे,पूजा महतो,रोमा थापा,ईश्वरी विष्ट,सम्झना खड्का,रुबी पुदार,सवनम राई,अस्मिना कर्मचार्य,खुसी डंगोल,कृतिका मरासिनी,कन्चन श्रेष्ठ,सोनी पाख्रिन,सोमु विष्ट,अप्सरी बेगम,काजोल श्रेष्ठ,मनिषा चौधरी र कविता जोशी रहेका छन् ।

२१ कार्तिक २०८०, मंगलवार १२:४३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस