|  

रेशम चौधरीको आममाफीविरुद्धको मुद्दा सुनुवाइ स्थगित

२३ कार्तिक २०८०, बिहीबार १३:०८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


 

काठमाण्डौँ । रेशम चौधरीविरूद्धको मुद्दामा आजका लागि तोकिएको सुनुवाइ स्थगित भएको छ । सर्वोच्च अदालतमा गोला थुतेर इजलास तोकिने प्रक्रियाअनुसार आज रेशम चौधरी विरूद्धको मुद्दा स्थगितमा परेको सर्वोच्च प्रशासनले जनाएको छ ।

गणतन्त्र दिवसको अवसरमा गएको जेठ १५ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई बाँकी कैद मिनाहा हुने गरी माफी दिनुभएको थियो । क्रूर,अमानवीय र गम्भीर मानव अधिकार उल्लङ्घनको घटनामा संलग्नलाई राष्ट्रपतिले माफी मिनाहा दिएको भन्दै यसको चौतर्फी आलोचना भइरहेको छ ।

राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै राष्ट्रपतिको कार्यालय शीतल निवास तथा रेशमलाल चौधरीलाई विपक्षी बनाइ रिट दायर भएको थियो । यसअघि गएको १६ गते सर्वोच्च अदालतले सरकारबाट आममाफी पाएका योगप्रसाद ढकाल रिगलको कैद मिनाहलाई बदर गरिदिएको थियो ।

२३ कार्तिक २०८०, बिहीबार १३:०८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस