|  

शान्ति र विकासका लागि आज विश्व विज्ञान दिवस मनाइँदै

२४ कार्तिक २०८०, शुक्रबार १२:३६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । आज शान्ति र विकासका लागि विश्व विज्ञान दिवस मनाइँदैछ ।

शान्ति र विकासमा विज्ञानको आवश्यकता, भूमिका र उदीयमान वैज्ञानिक मुद्दाहरूमा छलफल गर्न हरेक वर्ष नोभेम्बर १० तारिखमा यो दिवस मनाउने गरिन्छ । यसवर्ष ‘विज्ञानमा विश्वास अभिवृद्धि’ भन्ने नाराकासाथ नेपालमा पनि दिवस मनाइँदैछ । सन् २००१ मा यूनेस्कोले यो दिवसको शुरुवात गरेको हो ।

सरकारले विज्ञान,प्रविधि र नवप्रवर्तनको माध्यमबाट बेरोजगारी समस्या सम्बोधन गर्न र देशमा औद्योगिक उत्पादकत्व बढाउँदै समृद्धि हासिल गर्ने उद्देश्य राखेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिवसको अवसरमा शुभकामना व्यक्त गरी विज्ञान,प्रविधि र आविष्कारको क्षेत्र तथा जनशक्तिको भूमिकालाई सरकारले उच्च महत्त्व दिएको बताउनुभएको छ ।

उहाँले अनुसन्धान,नवप्रवर्तन र उद्यमशीलताका राष्ट्रिय प्रणालीहरू एकीकृत गर्न विद्यमान संरचनाहरुको सशक्तिकरण र सबलीकरण गरी दीर्घकालीन नीति र कार्यक्तमहरु तर्जुमा गर्न सरकार तत्पर रहेको उल्लेख गर्नुभएको छ ।

२४ कार्तिक २०८०, शुक्रबार १२:३६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस