|  

राष्ट्रिय परीक्षा बोर्डले खुलायो एसईईको आवेदन फारम

२४ कार्तिक २०८०, शुक्रबार १२:५० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई को आवेदन फारम खुलाएको छ ।

बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०८० सालमा सञ्चालन हुने एसईईमा समावेश हुन आवेदन फारम भर्ने र भराउनेबारे आज सूचना निकालेको हो ।

कक्षा १० मा नियमित अध्ययनरत विद्यार्थी, माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धारतर्फका विद्यालयमा अध्ययनरत विद्यार्थी समेतलाई आवेदन खुला गरेको हो । आवेदन आजदेखि मंसिर मसान्तभित्र भर्न सकिने बोर्डले जनाएको छ । आवेदन फारम भर्न प्रतिविद्यार्थी पाँच सय रूपैयाँ लाग्नेछ ।

यस्तै,बोर्डले कक्षा ९ मा साधारण,परम्परागत र प्राविधिक धारतर्फ नियमित अध्ययनरत विद्यार्थीका लागि २०८१ सालको नियमित एसईई परीक्षामा समावेश हुनका लागि रजिष्ट्रेशन फारम भर्न पनि सूचना निकालेको छ । रजिष्ट्रेशन फारमका लागि प्रतिविद्यार्थी तीन सय रूपैयाँ लाग्नेछ ।

२४ कार्तिक २०८०, शुक्रबार १२:५०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस