|  

तिहारमा गोवर्धन पर्वतको पूजा किन गरिन्छ ?

२८ कार्तिक २०८०, मंगलवार ०८:१७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । अहिले तिहार सुरु भएको छ । तिहारअन्र्तगत पर्ने आज गोवर्धन पूजा हो । आज वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठा मीठा खानेकुरा खान दिने प्रचलन छ । यसै गरी कृषक एवं हलीलाई पनि आज पूजा गर्ने गरिन्छ ।

गोवर्धन पूजा हिन्दुहरूको एक प्रमुख पर्व पनि हो । आजको दिनमा आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्धन पर्वत मानी पूजा गर्ने गरिन्छ ।

हिन्दु पौराणिक कथा अनुसार द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्धन पर्वत उचाली गोकुलवासीलाई देवताका राजा इन्द्रले गोकुलमा असिना र पानीको वृष्टि गराएपछि उक्त मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्धन पर्वतको पूजा गर्ने प्रचलन चलिआएको मानिन्छ ।

२८ कार्तिक २०८०, मंगलवार ०८:१७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस