|  

महिला टी-२० सिरिज : आज नेपालले हङकङको सामना गर्दै

३० कार्तिक २०८०, बिहीबार ०६:५२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । चार देश सम्मिलित महिला टी–२० आई सिरिजमा आज नेपालले हङकङको सामना गर्दैछ । नेपाल र हङकङको खेल आज बिहान पौने १२ बजे सुरु हुँदैछ ।

पहिलो खेलमा तान्जिनियाँसँग २७ रनले पराजित भएको नेपाल पहिलो जितको खोजीमा हुनेछ। नेपाल पहिलो जितको खोजीमा हुँदा घरेलु टोली हङकङ भने लगातार जितको लक्ष्यसहित मैदानमा हुनेछ ।

बुधबार भएको खेलमा हङकङले भने जापानमाथि ९ विकेटको फराकिलो जित निकालेको थियो ।

यो सिरिजमा आयोजक हङकङसहित नेपाल, ताञ्जेनिया र जापानले प्रतिस्पर्धा गर्दैछन्। नेपालले मङ्सिर २ गते जापानसँग अर्को खेल खेल्ने तालिका छ।

शीर्ष दुई टोलीले उपाधिका लागि मङ्सिर ३ गते खेल्नेछन्। त्यस्तै तेस्रो स्थानको प्रतिस्पर्धासमेत सोही दिन हुनेछ।

३० कार्तिक २०८०, बिहीबार ०६:५२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस