|  

चाडपर्व मनाएर काठमाण्डौ उपत्यका फर्किनेको भिड

१ मंसिर २०८०, शुक्रबार १५:१६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । नेपालीहरुको ठूलो चाड विजया दशमी र तिहार सकिएसँगै काठमाण्डौ उपत्यका फर्किनेहरुको सङ्ख्या बढेको छ ।

काठमाण्डौ उपत्यका भित्रिने मुख्य नाका नागढुङ्गा, थानकोटबाट उपत्यका भित्रिनेहरु चाडपर्वहरु सकिएसँगै फर्किन थालेका हुन् ।

सरकारी बिदा सकिएको र निजी क्षेत्रमा काम गर्नेहरुको पनि चाडबाड बिदा सकिएसँगै झोला बोकेर फर्किनेहरु काठमाण्डौ उपत्यकाका सडकहरुमा बाक्लै देखिन्छन् ।

सरकारी तथा निजी कार्यालयहरु खुल्न थालेसँगै काठमाण्डौ उपत्यकाभित्र बसेर कामकाज गर्नेहरु तथा चाडपर्व मनाउन घर गएकाहरु फर्किन थालेका छन् ।

काठमाण्डौ उपत्यका छिर्ने मुख्य नाकाहरु तथा बसपार्कमा घरबाट काठमाण्डौ फर्किनेहरुको चहलपहल बाक्लो देखिन थालेको छ ।

१ मंसिर २०८०, शुक्रबार १५:१६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस