|  

‘जनताको कामलाई प्राथमिकतामा राख्नुपर्छ’ : प्रधानमन्त्री दाहाल

३ मंसिर २०८०, आईतवार १४:२५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताका कामलाई प्राथमिकता दिएर सेवा गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
रूकुम पूर्व पुगेका प्रधानमन्त्री प्रचण्डले जिल्लाका कार्यालय प्रमुखहरूसँगको भेटमा जनताको कामलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका हुन् ।

कार्यालय प्रमुखहरुसँगको भेटमा प्रधानमन्त्रीले जनताको काममा कुनै ढिलाइ नगर्न तथा सुशासनलाई विशेष ध्यान दिन निर्देशन दिए । प्रधानमन्त्रीले सरकारले देशमा सुशासन, सामाजिक न्याय र सम्वृद्धिका लागि अघि बढेको जनाउँदै त्यसमा साथ दिन आग्रहपनि गरे ।

रुकुम पूर्वका विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड त्यहाँ पुगेका हुन् । यस्तै, प्रधानमन्त्री रुकुम पूर्वको विकट गाउँका रुपमा परिचित पुथा उत्तरगङ्गाको मैकोट पुगेका छन् । प्रधानमन्त्रीलाई मैकोटवासीले भव्य स्वागत गरेका छन् ।

 

३ मंसिर २०८०, आईतवार १४:२५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस