यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटको दोस्रो चरण अन्तर्गत यमन विरुद्ध खेल्ने नेपाली टोली घोषणा भएको छ । बेलुका ७ बजे दशरथ रंगशालामा हुने खेलका लागि एन्फाले २३ सदस्यीय नेपाली टोली घोषणा गरेको हो ।
टोलीमा डिफेण्डर अनन्त तामाङ र मिडफिल्डर दिनेश हेन्जनले कमब्याक गरेका छन् । चोटका कारण दुवै खेलाडी युएई विरुद्धको खेलमा टिममा थिएनन् । यस्तै युएई विरुद्धको खेलमा घाइते भएका मिडफिल्डर लकेन लिम्बु भने टिममा छैनन् ।
गोलकिपर, किरण कुमार लिम्बु, दीप कार्की, अभिषेक बराल,डिफेण्डर अमृत श्रेष्ठ, अन्जन राई, अनन्त तामाङ, छिरिङ लामा, सनिश, रोहित चन्द, योगेश गुरुङ, मिडफिल्डर एरिक विष्ट, उत्सव राई, सेसेहाङ आङदम्बे, दिनेश हेन्जन, कृतिश रत्न छुन्चु, फरवार्ड जिलेस्पी जंग कार्की, आशिष चौधरी, राजेश परियार, सन्जिव विष्ट, अन्जन विष्ट, हिसुब थपलिया, आयुष घलान, मनिष डाँगी रहेका छन् ।