|  

सबैभन्दा बढी कर तिर्ने रेमिट्यान्स कम्पनी आईएमई बन्यो

७ मंसिर २०८०, बिहीबार १४:०० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । समग्र रेमिट्यान्स कम्पनीहरूमध्ये आईएमई लिमिटेड सबैभन्दा बढी आयकर तिर्ने कम्पनीको रूपमा सम्मानित भएको छ।

राष्ट्रिय कर दिवस २०८० का अवसरमा आज काठमाण्डौमा आन्तरिक राजश्व विभागद्वारा आयोजित विशेष कार्यक्रममा अर्थ मन्त्री डा प्रकाशशरण महतले आईएमई ग्रुपका प्रबन्ध निर्देशक र आईएमई लिमिटेडका संस्थापक तथा सञ्चालक हेमराज ढकाललाई सम्मान गर्नुभएको हो ।

आर्थिक वर्ष २०७८/७९ मा विभिन्न १६ विधामा सर्वाधिक आयकर तिर्ने कम्पनीहरूमध्ये रेमिट्यान्सतर्फ आईएमई लिमिटेडले सबैभन्दा बढी आयकर बुझाउन सफल भएको हो ।

सन् २००१ मा स्थापित आईएमईले नेपालको समग्र रेमिट्यान्स क्षेत्रलाई संस्थागत तुल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको छ । आईएमईले बैकिङ्ग सञ्जालमार्फत विदेशी मुद्रा नेपाल भित्र्याएर औपचारिक अर्थतन्त्रको विकासमा उल्लेख्य योगदान गर्दै आएको छ ।

यसैको सम्मान स्वरूप विभिन्न राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय सम्मानहरूबाट आईएमई सम्मानित हुँदै आएको छ । साधारण सेयर निष्कासन गर्ने तयारी गरिरहेको आईएमई सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रूपमा यसभन्दा अघि पनि पटक पटक सम्मानित हुँदै आएको छ ।

 

७ मंसिर २०८०, बिहीबार १४:००  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस