यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।
दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भूभागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै, देशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राति भने देशको पहाडी भूभागमा आंशिक बदली रही देशको बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।