यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
गजुरी । धादिङ गजुरी गाउँपालिका वडा नम्बर ५ राई गाउँमा जनतासँग माओवादी रुपान्तरण अभियान कार्यक्रम सम्पन्न भएको छ । गजुरी गाउँपालिका प्रमुख गणेशलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा एक कमिटी गठन गरिएको हो । नेकपा माओवादीको जनतासँग माओवादी रुपान्तरण अभियान सञ्चालन भईरहेको अबस्थामा समर बहादुर राईको अध्यक्षतामा एक कमिटी गठन गरिएको पालिका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, बडा नम्बर १, ५, ८ का तारानाथ भण्डारी, गोविन्द लामिछाने, देवराज ओझा तथा नेकपा माओवादी केन्द्र गजुरी गाउँपाटी अध्यक्ष सुर्य बहादुर तामाङ, गजुरी ५ पार्टी अध्यक्ष कृष्ण बहादुर मगर लगायतका बिशिष्ट ब्यक्तिहरुको उपस्थितमा समर बहादुर राईलाई निर्वाचित गरिएको हो ।
माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको नारा ‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ राखेको छ । अभियानको क्रममा त्यस्तै नविकरण र विस्तारको माध्यमबाट पार्टी सदस्यता संख्या ८ लाख पुर्याउने लक्ष्य राखिएको जनाइएको छ । अभियानको क्रममा कम्तिमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामहरुको बारेमा जानकारी गराउने बताइएको छ ।