|  

समानतामा आधारित न्यायपूर्ण र सभ्य समाज निर्माणमा अग्रसर हुन राष्ट्रपति पौडेलको आह्वान

९ मंसिर २०८०, शनिबार १०:३८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । राष्ट्रपति रामचन्द्र पौडेलले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यका लागि कानूनमा उल्लेखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनु भएको छ ।

महिला हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसा विरुद्धको अभियानको शुभकामना दिनु हुँदै संविधानको मर्म र भावना अनुसार महिलालाई आर्थिक रूपले आत्मनिर्भर बनाउने तथा असमान शक्ति संरचना परिवर्तन गर्नेतर्फ लाग्नुपर्ने बताउनु भएको छ । पौडेलले समानतामा आधारित, न्यायपूर्ण, सभ्य र समुन्नत समाजको निर्माण गर्नेतर्फ अग्रसर हुन सबैमा आह्वान गर्नु भएको छ।

महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि क्रियाशील सरकारी निकाय, सामाजिक संघसंस्था, नागरिक समाज तथा महिला अधिकारकर्मीका साथै विभिन्न सञ्चार माध्यमलाई यस दिवसले थप उत्साहका साथ काम गर्न प्रेरणा प्रदान गर्ने विश्वास लिएको शुभकामना संदेशमा उल्लेख छ।

 

 

९ मंसिर २०८०, शनिबार १०:३८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस