यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । रुकुम पश्चिमको आठबिसकोटमा रात्रि बसको ठक्करबाट एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।
आठबिसकोट नगरपालिका वडा नम्बर ११ को चिसापानीमा शुक्रवार बेलुका ना ३ ख ५२०७ नम्बरको रात्रि बसले ठक्कर दिँदा ३८ वर्षीय गणेश परियारको ज्यान गएको हो ।
परियारको घटनास्थलमै ज्यान गएको आठबिसकोट नगरपालिकाका मेयर रवि केसीले जानकारी दिनुभयो ।
घाइते हुनेहरुमा आठबिसकोट नगरपालिका–१४ ज्यामिरकोटका १९ वर्षीया भावना चन्द र २० वर्षीय राजेन्द्र पोखरेल रहनुभएको छ । घाइते दुवै जनाको आठबिसकोट राडीमा रहेको नगर अस्पतालमा उपचार भइरहेको छ ।