यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । नेपाल सुपर लिग फुटवलमा मंगलबार काठमाडौं रेजर्स र चितवन एफ।सी भिड्दैछन् । खेल साँझ साँढे ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ । दुवै टोलीको यो दोस्रो खेल हो । पहिलो खेलमा स्पोर्टीङ इलामलाई हराएको साविक विजेता काठमाडौं आज लगातार दोस्रो जितको खोजीमा रहेको छ ।
उता पहिलो खेलमा पोखरा थन्डर्ससँग १–० ले हारेको चितवन आज पहिलो जितको खोजीमा हुनेछ । यसअघि हिजोको खेलमा स्पोर्टीङ इलामले झापा एफ।सी।लाई १–० ले हराएको छ ।
कोशी प्रदेशका दुई टोलीबिचको भिडन्तमा इलामलाई विजयी गराउन सेनेगलका खेलाडी अमथ एन्दवाले ८७ औं मिनेटमा निर्णायक गोल गरे ।
दोस्रो संस्करणको नेपाल सुपर लिग फुटबलमा नौ वटा फ्रेन्चाइज टोलीहरुको सहभागिता रहेको छ ।