|  

आगलागी पिडितलाई गजुरी गाउँपालिकाको सहयोग

१३ मंसिर २०८०, बुधबार २०:०५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । धादिङ गजुरी गाउँपालिका वडा नम्बर १ उज्यालो गाउँ स्थित छविलाल विकको घरमा आगलागी भएको छ । आगलागीमा ३ लाख बराबरको धनजनको क्षति भएको थियो ।


यो बिपद्मा गजुरी गाउँपालिकाले सहयोग प्रदान गरेको छ । परिवारका लागि अतिआवश्यक सामाग्री खाद्यान्न, लत्ताकपडा र अस्थायी बसोबासका लागि टेन्ट,त्रिपाल सहयोग प्रदान गरिएको गजुरी गाउँपालिका प्रमुख गणेशलाल श्रेष्ठले जानकारी दिनुभयो ।

हस्तान्तरण कार्यक्रममा पालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, उपाध्यक्ष शर्मिला बिसुराल,वाड न १ का वडा अध्यक्ष तारानाथ भण्डारी,जिल्ला रेडक्रस सोसाइटीका सभापति दुर्लभ कुमार तामाङ, ने.रे.सो गजुरी उपशाखाका सभापति ज्वारी लाल पाठक,ने.रे.सो गजुरी उपशाखाका सचिव दिवस सगर श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।

१३ मंसिर २०८०, बुधबार २०:०५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस