यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
इजरायल र हमासले दुई पक्षबीच जारी युद्धविरामलाई थप एक दिन लम्ब्याइएको जानकारी दिएको छ ।
इजरायली सेनाले बन्धकहरूलाई रिहा गर्ने प्रक्रिया जारी राख्न मध्यस्थकर्ताहरूको प्रयासलाई ध्यानमा राख्दैु हमाससँगको युद्धविराम कायम रहने बताएको छ।
यसैबीच हमासले इजरायलसँगको युद्धविराम एक दिनको लागि लम्ब्याइएको र अब सातौं दिनमा पनि लागू हुने जनाएको छ ।
हमास र इजरायलबीच बन्धकहरूलाई लिएर भएको सम्झौता गत शुक्रबारदेखि लागू भएको छ। जसअन्तर्गत हमासले केही इजरायली बन्धकहरूलाई रिहा गरिरहेको छ र बदलामा इजरायलले आफ्नो जेलबाट केही प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरिरहेको छ।
युद्धविरामको अवधिमा सहायता र अत्यावश्यक औषधिले भरिएका ट्रकहरू गाजा प्रवेश गरिरहेका छन्।