यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । मलेसियन कम्पनी एक्जियाटाले एनसेलबाट हात झिकेको छ ।
एक्जियाटाले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बेलायतमा रहेको एक कम्पनीलाई बेचेको हो ।
एक्जियटाले नेपालका सतिशलाल आचार्यको बेलायतमा रहेको कम्पनी स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बेचेको हो । सम्झौतामा उल्लेख भए अनुसार ५ करोड अमेरिकी डलर अर्थात् ६ अर्ब ६६ करोडको सेयर बेचिएको हो ।