यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
गजुरी । धादिङ गजुरी गाउँपालिका वडा नम्बर १ केउरिनीमा जनतासँग माओवादी रुपान्तरण अभियान कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश कमिटी सदस्य हरि बहादुर डल्लाकोटीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
नेकपा गजुरी गाउँपालिका पार्टी अध्यक्ष सुर्य बहादुर तामाङ, वडा नम्बर १ का वडा अध्यक्ष तारानाथ भण्डारी, अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य उपेन्द्र जम्कटेल, लगायत गजुरी गाउँपालिका कमिटी परिवार लगायतको उपस्थितमा कार्यक्रम सम्पन्न भएको थियो ।
नेकपा माओवादीको जनतासँग माओवादी रुपान्तरण अभियान सञ्चालन भईरहेको छ । कार्यक्रममा माओवादी अभियानलाई अझै शसक्त बनाएर लैजाने, गजुरी १ का सबै योजनाका कामहरुको समितती बनाएर अगाडी बढ्ने, जनताका गुनासा तथा भावी योजनाहरुका बारेमा छलफल गर्दै अगाडी बढ्ने तीन महिने माओवादी रुपान्तरण अभियानका नेता सुनिता पाण्डेले बताउनुभयो । अभियानमा माओवादी पार्टी जनताको पक्षमा हरबखत रहने वडा नम्बर १ का वडा अध्यक्ष तारानाथ भण्डारीले जानकारी दिनुभयो ।
माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको नारा ‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ राखेको छ । अभियानको क्रममा त्यस्तै नविकरण र विस्तारको माध्यमबाट पार्टी सदस्यता संख्या ८ लाख पुर्याउने लक्ष्य राखिएको जनाइएको छ । अभियानको क्रममा कम्तिमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामहरुको बारेमा जानकारी गराउने बताइएको छ ।