|  

भूकम्प पीडित पत्रकारलाई प्रेस सेन्टर ललितपुरले न्यानो ज्याकेट उपलब्ध गराउने

१७ मंसिर २०८०, आईतवार ११:११ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । प्रेस सेन्टर ललितपुरले भूकम्प पीडित पत्रकारहरूलाई तीन लाख बराबरको न्यानो ज्याकेट उपलब्ध गराउने भएको छ ।

प्रेस सेन्टर ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले दिएको जानकारी अनुसार जिल्ला कार्यसमिति बैठकको निर्णयमा जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडित पत्रकारहरूलाई तीन लाख रुपैयाँ बराबरको १ सय थान ज्याकेट उपलब्ध गराइने भएको हो ।

भूकम्पमा परेका पीडित पत्रकार साथीहरूलाई सहयोग पुर्‍याउने हाम्रो अभिप्राय हो । पत्रकारिता पेशामा रहेका साथीहरूलाई पीडा परेको समयमा सहयोग गर्नु हाम्रो मानवीय धर्म हो । रुकुम पश्चिम र जाजरकोटका भूकम्प पीडित सबै पत्रकारलाई पुग्ने गरी प्रेस सेन्टर केन्द्रीय कार्यसमितिमार्फत हामी न्यानो ज्याकेट उपलब्ध गराउँछौ,अध्यक्ष कार्कीले भनेका छन्।

१७ मंसिर २०८०, आईतवार ११:११  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस