|  

नेपाललाई सातौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपको पहिलो दिन १२ स्वर्ण

१७ मंसिर २०८०, आईतवार ११:५८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । सातौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपको पहिलो दिन हिजो नेपालले १२ स्वर्ण जितेको छ । पहिलो दिन २९ स्वर्णको टुङ्गो लाग्दा छिमेकी भारतले १५ स्वर्ण तथा श्रीलंका र बंगलादेशले समान एक/एक स्वर्ण जिते ।

नेपाल कराते महासङ्घले गरेको प्रतियोगितामा नेपालसहित, भारत, बंगलादेश, श्रीलंकाको एनओसी टिम, भुटान र पाकिस्तान सहभागी छन् । प्रतियोगितामा १ सय ३ महिला र १ सय ३४ पुरुष गरी २ सय ३७ खेलाडी सहभागी छन् । आज सकिने प्रतियोगितामा ६२ स्पर्धाका लागि प्रतिस्पर्धा भैरहेको छ।

१७ मंसिर २०८०, आईतवार ११:५८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस