|  

नेपाललाई दक्षिण एसियाली कराते च्याम्पियनसिपमा २९ स्वर्ण

१८ मंसिर २०८०, सोमबार १२:२० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा सर्वाधिक २९ स्वर्ण पदक जित्दै नेपाल शीर्ष स्थानमा रह्यो । नेपालले थप २६ रजत र ६ कांस्य पनि जित्यो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेप को कभर्ड हलमा भएको प्रतियोगितामा भारत २५ स्वर्ण, २२ रजत र १७ कांस्यका साथ दोस्रो भयो । नेपाल कराते महासंघद्वारा आयोजित प्रतियोगितामा तेस्रो स्थानको बंगलादेशले ६ स्वर्ण, ७ रजत र १४ कांस्य हात पार्यो ।
विजेतालाई राखेपका सदस्यसचिव टंकलाल घिसिङ, खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्यसचिव सूर्यलाल भण्डारी, नेपाल कराते महासंघका अध्यक्ष एवं राखेपका पूर्व सदस्यसचिव युवराज लामा, कराते महासंघका महासविच दावा गुरुङ लगायतले आइतबार एक कार्यक्रमबीच पुरस्कृत गरे ।
दुईदिने प्रतियोगितामा नेपालसहित, भारत, बंगलादेश, श्रीलंका एनओसी टिम, भुटान र पाकिस्तान गरी ६ राष्ट्रका १०३ महिला र १३४ पुरुष गरी २३७ खेलाडी सहभागी थिए ।

१८ मंसिर २०८०, सोमबार १२:२०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस