|  

चार महिनामा रसुवागढी नाकाबाट आठ जना पक्राउ

१८ मंसिर २०८०, सोमबार १३:०१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । चालु आर्थिक वर्ष २०८०÷०८१को प्रथम चौमासिक अवधिमा भन्सार छल्ने आठजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरूबाट तीन करोड ३१ लाख ८१ हजार १ सय ९८ रुपैयाँ बराबरको सामग्री बरामद भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

चीनबाट आयात गरिएका ती सामग्री रसुवागढी, घट्टेखोला, टिमुरे र स्याफ्रुबेँसी लगायतका स्थानमा भरिया र सवारी साधनहरु मार्फत काठमाडौं लैजाने क्रममा प्रहरीले बरामद गरेको हो ।

चोरी निकासी नियन्त्रण गर्न रसुवागढी नाकामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल खटिएका छन् ।

१८ मंसिर २०८०, सोमबार १३:०१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस