|  

आज विश्व माटो दिवस : ‘माटो र पानी, जीवनको थालनी’ नाराका साथ नेपालमा पनि मनाइँदै

१९ मंसिर २०८०, मंगलवार ०७:३७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


मंसिर १९,काठमाण्डौँ । आज विश्व माटो दिवस, ‘माटो र पानी, जीवनको थालनी’ नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपाल कृषि अनुसन्धान परिषद् नार्कको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र, कृषि विभाग, नेपाल माटो समाज, संयुक्त राष्ट्रसंघ अन्तर्गतको खाद्य तथा कृषि संगठन एफएओ लगायतको संयुक्त साझेदारीमा नेपालमा विश्व माटो दिवस मनाउन लागिएको हो ।

दिवसका अवसरमा नेपाल कृषि अनुसन्धान परिषद् नार्कले गएको मङ्सिर १६ गतेदेखि नै कार्यक्रम गर्दै आएको छ । नार्कको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले माटो सुधारका उपायबारे प्रचार, माटोको निःशुल्क जाँच शिविर, माटोको महत्वबारे बहसलगायतका कार्यक्रम गरिरहेको छ ।

माटोको दिगो उर्वराशक्ति व्यवस्थापनसम्बन्धी विषयलाई विश्वस्तरमै एकताबद्ध रुपमा सम्बोधन गर्ने र व्यापक जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ विश्व माटो दिवस हरेक वर्ष डिसेम्बर ५ तारिखका दिन मनाउने गरिन्छ ।

१९ मंसिर २०८०, मंगलवार ०७:३७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस