|  

नेपालबाट चोरी गरी तस्करले अमेरिका पुर्‍याएका चार वटा पुरातात्त्विक मूर्ति नेपाल फिर्ता

१९ मंसिर २०८०, मंगलवार १२:२१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । नेपालबाट चोरी गरी तस्करले अमेरिका पुर्‍याएका चार वटा पुरातात्त्विक मूर्ति अमेरिकाले नेपाल सरकारलाई फिर्ता गरेको छ । न्यूयोर्कमा विशेष कार्यक्रम गरी नेपाली महावाणिज्य दूतावासमार्फत् ती मूर्ति नेपाललाई हस्तान्तरण गरिएको हो । १६ औँ र १७ औँ शताब्दीका पुरातात्त्विक मूर्ति लामो अनुसन्धानपछि अमेरिकाले नेपाललाई हस्तान्तरण गरेको हो ।

फिर्ता गरिएका पुरातात्त्विक मूर्तिमा दुई वटा भैरव तथा शिव पार्वती ९उमा महेश्वर० र दुर्गाको ढुङ्गाको मूर्ति रहेका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमले जानकारी दिनुभयो । उहाँले प्राप्त मूर्ति परराष्ट्र मन्त्रालय, पुरातत्त्व विभाग र अन्य सम्बन्धित निकायसँग समन्वय गरी छिट्टै नेपाल पठाउने बताउनुभएको छ ।

१९ मंसिर २०८०, मंगलवार १२:२१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस