|  

गैर आवासीय नेपालीलाई रुकुम पश्चिममा नागरिकता प्रदान गर्न सुरू

१९ मंसिर २०८०, मंगलवार १२:२६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । रुकुम पश्चिमको जिल्ला प्रशासन कार्यालयबाट गैर आवासीय नेपालीलाई नागरिकता प्रदान गर्न सुरु गरिएको छ । सोमबार पहिलोपटक दुईजना गैर आवासीय नेपालीलाई नागरिकता प्रदान गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तका अनुसार हाल संयुक्त राज्य अमेरिकामा बसोबास गर्दै आएका खडक बहादुर पुन मगर र हिरा पुन मगरलाई नागरिकता प्रदान गरिएको छ ।
नेपालमा रहँदा बाँफिकोट गाउँपालिका वडानम्बर ५ ठेगाना भएका दुबै जनालाई नेपालको संविधान, नेपाल नागरिकता ऐन तथा नियमावलीले व्यवस्था गरे बमोजिम गैर आवासीय नेपाली नागरिकता प्रदान गरिएको बताईएको छ हो ।।

प्रशासनले उनीहरूलाई क्रमशः पहिलो र दोस्रो गैर आवासीय नागरिकका रुपमा नेपाली नागरिकता प्रदान गरिएको जनाएको छ ।

१९ मंसिर २०८०, मंगलवार १२:२६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस